काठमाडौँ । हिमालयन बैंकले सर्वसाधारण सेयर धनीलाई प्रिमियम मूल्यमा सेयर जारी गर्ने भएको छ ।
एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश हुँदैछ ।
साधारण सभा पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा सर्वसाधारण सेयरधनीको आवश्यक सेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ ।
हिमालयन बैंकले तत्कालीन सिभिल बैंकलाई गाभेको थियो । दोस्रो बजारमा अहिले हिमालयन बैंकको सेयर मूल्य प्रतिकित्ता दुई सय रुपैयाँभन्दा माथि छ ।
यस्तै संस्थापक सेयर धनीहरूको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्नेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने बैंकले जानकारी गराएको छ ।
सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने जनाएको छ ।
प्रतिक्रिया