Logo

Breaking News 1

‘रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई कसले पुर्याउँदैछ ?’: महामन्त्री शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

शनिबार कांग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् ।

उनले भने, ‘देशमा ऐन कानुन बन्दै गर्दा रसिया र युक्रेनको सेनामा नेपाली सेनालाई कसले गैरकानुनी रुपमा पुर्याउने कर्म गरिरहेको छ ? तिनको लास मात्र गनेर बसेर सरकारको कर्तव्य पूरा हुँदैन । गैरकानुनी रुपमा नेपाली सेनालाई सामेल गराउने काम गरिएको छ । पठाउनेलाई थुन्ने र कारबाही गर्ने काम राज्यले गर्नुपर्छ ।’

उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति र गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकको नियुक्ति भागबन्डाको आधारमा हुन नहुने धारणा राखे । सही ढङ्गको नेतृत्व सही ढङ्गबाट आउनुपर्ने उनको भनाई छ ।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति र गंगालालको कार्यकारी निर्देशकको नियुक्ति अहिले चर्चामा छ । यदि भागबन्डाको कुरा भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू कांग्रेसलाई भागबन्डाको भागमा राखेर चित्त बुझ्दैन । कांगे्रसको अनुहार भएको मान्छे चाहिएन तर सही ढङ्गका नेतृत्व सही ढ्गबाट आउनु पर्यो ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : ३५ बजे