Logo

Breaking News 1

स्वास्थ्य क्षेत्र सरकारको उच्च प्राथमिकता छ : उपप्रधानमन्त्री खड्का 



सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई उच्च प्राथमिकता राखेको बताएका छन् ।

‘ब्याक टू लाइफ’ को सहयोग, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहकार्यमा गुर्भाकोट नगरपालिका ७ सुर्खेतस्थित मेहलकुना अस्पतालमा शनिबार आयोजित ‘एक दिने हृदय रोग’ निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा उनले स्वास्थ समाज निर्माणमा सरकार केन्द्रित रहेको बताए ।

उनले ब्याक टू लाइफ संस्था र शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले कर्णालीका विकट जिल्लामा पुगेर मुटु रोग जस्तो संवेदनशील उपचार सेवा निःशुल्क प्रवाह गरेको प्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा ब्याक टु लाईफका देशीय निमित्त निर्देशक डिकेन्द्रलाल ढकालले कर्णालीका नागरिकले सहजै प्राप्त गर्न नसक्ने मुटु रोगको उपचार सेवामा सहयोग पुर्याउने ध्येयले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको बताए । 

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका डा.चन्द्रमणि अधिकारीले मुटु रोगीहरुको निःशुल्क उपचार गरिने ठूलो रोग देखिए केन्द्रले शल्यक्रियामा सहयोग गर्ने बताए । 

मेहलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाले काठमाडौं पुगेर उपचार गर्नसक्ने अवस्था नभएका मुटु रोगका बिरामीहरूलाई केन्द्रले ठूलो सहयोग पुर्याएको बताए । 

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  २ : ०२ बजे