Logo

Breaking News 1

राष्ट्रपति पौडेल उद्योगीहरूको भेलालाई सम्बोधन गर्न विराटनगर आउँदै



विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेल आज विराटनगर आउने भएका छन् । शनिबार नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेल बिहान ११ वजे विराटनगर आईपुग्ने कार्यक्रम तय भएको छ । उनले विराटनगरस्थित एक होटलमा केही समय त्यहाँका राजनीतिक तथा औद्योगीक क्षेत्रका व्यक्तिसँग भेटघाट समेत गर्नेछन ।

राष्ट्रपति पौडेल परिसंघको कार्यक्रममा सहभागी बनेर आजै दिउँसो काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ७ : ४३ बजे