Logo

Breaking News 1

बालबालिकाको हक कार्यान्वयनमा सरकार गम्भीर : बालबालिका मन्त्री आचार्य



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बालबालिकाको शिक्षा, स्वास्थ्यको हक स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् ।

आज भिन्न क्षमता भएका कविद्वारा दर्शन कविता संग्रह सार्वजनिक गर्दै समारोहमा उनले ६ वर्षदेखि मन्त्रालयमा रहेको बालबालिका नीति मन्त्रिपरिषद्बाट पास भएको भन्दै अब बालबालिकाको मौलिक हक कार्यान्वयनमा जाने बताए ।

उनले दर्शनको कवितालाई विश्व किर्तिमानका रुपमा अगाडि बढाउन र मन्त्रीको हैसियतले सम्मान पनि गर्ने प्रयासमा अगाडि बढ्ने प्रतिबद्धता गरेका छन् ।

यस्तै, उनले दर्शन केसीको यो कृती लेखनको क्षमता देशमा अन्य क्षेत्रमा रहेका अपाङ्गता भएका मानिसमा पनि हुन सक्ने भन्दै त्यस्तो प्रतिभालाई उजागर गर्नुपर्ने कुरामा पनि जोड दिएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : १६ बजे