Logo

Breaking News 1

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक परिमार्जन हुन्छ : कानूनमन्त्री गुरुङ



काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले, नेपालका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने प्रष्ट पारेका छन् ।

शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले, संसदको फुल हाउसमै ऐन जस्ताको त्यस्तै पारित हुन्न भनेर आफुले गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए ।

उनले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दिएका निर्देशनलाई पालना गर्ने प्रतिबद्धता पनि जनाए ।

उनले आफूले सबै मन्त्रीहरुलाई सम्बन्धित मन्त्रालयले प्रस्तुत गर्नुपर्ने विधेयकहरुको प्राथमिकताक्रम तोकेर ७ दिनभित्र पठाउनका लागि पत्राचार गरेको जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ४७ बजे