Logo

खेलकुद

एपीएफले निकाल्यो लगातार दोस्रो जित



काठमाडौं । सशस्त्र प्रहरी बल–एपीएफ क्लबले, प्रधानमन्त्री कप महिला क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।

एपीएफले शुक्रबार भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशलाई ४० रनमा समेटेको एपीएफले लक्ष्य ५.५ ओभरमा १० विकेटको सहज जीत निकालेको हो ।

एपीएफका लागि सिता रानामगरले १९ र ज्योती पान्डेले १६ रन बनाए ।

त्यसअघि मधेश प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४० रन मात्र जोड्न सक्यो । उसका ५ जना ब्याटरले खाता खोल्न सकेनन् । प्रतिमा शाहले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सिता रानामगरले ३ तथा रेखा रावल र सुमन विष्टले २÷२ विकेट लिए ।

प्रतियोगितामा २ खेलपछि एपीएफ र कोशी प्रदेशको ४÷४ अंक छ । सुदूरपश्चिम प्रदेश, गन्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशले २÷२ अंक जोडेका छन् । मधेश र कर्णाली प्रदेशले लगातार दोस्रो हार ब्यहोरेका हुन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : ४० बजे