Logo

Breaking News 1

खेलकुद बीमालेख सार्वजनिक : खेलाडीको आत्मविश्वास बढ्ने सदस्यसचिव घिसिङको विश्वास



काठमाडौं । नेपाल बीमा प्राधिकरणले खेलकुद बीमालेख सार्वजनिक गरेको छ ।

शुक्राबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलाडी तथा खेलकर्मीहरुको पूर्णरुपमा सुरक्षा गर्ने उद्देश्यले खेलकुद बीमालेख सार्वजनिक गरिएको हो ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बीमालेखले खेलाडीहरुमा आत्मविश्वासका साथ खेल्न सक्ने वातावरण बनेको विश्वास लिएको बताएका छन् ।

उनले भने, ‘नेपाली खेलकुदमा अहिलेसम्म खेलकुद बीमालेख सम्बन्धी नीति नभएको हुनाले खेलकुद क्षेत्रलाई जति मर्यादित र व्यवस्थित तरिकाले अगाडि बढाउन सकिरहेको थिएन् । आज यो नीतिलाई कार्यान्वयनमा ल्याउनको लागि सफल भएको छ । अब बीमालेख जारी भएपछि सबै प्रकारका प्रतियोगिताहरुमा खेलाडी दुर्घटना बीमालाई अनिवार्य बनाई खेलाडीहरुलाई आत्मा विश्वासका साथ खेल्ने वातावरण बनाउनु पर्ने हुन्छ ।’

घिसिङले खेलकुद बीमालेख कार्यान्वयन गर्ने घोषणाका साथ सदस्य सचिवको पदभार ग्रहण गरेका थिए ।

पछिल्ला समय केही ठूला प्रयतियोगिताहरुमा खेलाडीहरुको बीमा गर्न सुरु भएता पनि बीमालेख सम्बन्धी स्पष्ट नीतिको अभाव थियो ।

बीमा लेखको विशेषता :

१) खेलहरुको वर्गीकरण :

क) न्यून जोखिम टेबलटेनिस, सफ्ट टेनिस, टेनिस, सुटिङ, गल्फ, वडीविल्डिङ,

ख) सामान्य जोखिम व्याडमिन्टन, क्रिकेट, हक्की, भलिबल, एथलेटिक्स, फेन्सिङ, जुडो, जिम्न्याष्टिक, हयाण्बल, बास्केटबल, पौडी, सेपाकताक्रो, भारोत्तोलोन, ट्यचलन, कबड्डी, खोखो, रिङ रेस्लिङ, कराते, तेक्वान्दो, उसु, बक्सिङ, फुलकन्ट्याक्ट कराते, कुस्ती, साईक्लिङ,

ग) जोखिमयुक्त मोटर तथा मोटरसाईक्लिड स्पोर्टस, राफ्टिङ एण्ड क्यानोई, क्वालाईविड, पेन्टयोलन, बन्जी जम्पिङ तथा क्यान्योनिङ, मुर्वांचाई; माउण्टेन रनिङ, आईस हक्की एण्ड अल्पाईन स्पोर्टस वाटर स्पोर्टस, रग्बी र फुटवल।

२) दुर्घटनाका कारण तत्तकाल वा १८३ दिन भित्र मृत्य’ भएमा क्षतिपूर्तिको व्यवस्था

३) पार्थिव शरिर व्यवस्थापन वर्च

४) काजकिरिया खर्च

५) स्थाई पूर्ण असक्तताक सम्वन्धि व्यवस्था

६) बीमालेखको अवधि

७) बीमा शुल्क दर

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ४ : २३ बजे