Logo

Breaking News 1

मुलुकको शासन पद्धति पारदर्शी भए विदेशी लगानी आउँछ : डा.मिलेन्द्र रिजाल



काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गरेका छन् ।

शुक्रवार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा।डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै काँग्रेस नेता रिजालले यस्तो बताएका हुन् ।

उनले पछिल्लो ७ वर्षमा मुलुकको शासन कुशासनमा नाच्नु मुख्य समस्या भएको बताए । उनले सबै पूर्वाधार तयार हुँदा पनि नेपालको अर्थतन्त्र माथि जान नसक्नु देशको शासन कुशासनमा चल्नु भएको उल्लेख गरे ।

उनले मुलुकमा जनताले तिरेको कर र वैदेशिक ऋणलाई पारदर्शी बनाउन आवश्यक रहेको बताए । उनले अहिलेको अवस्थाको मुलुकको कुशासनको निरन्तरताले मुलुकको अर्थतन्त्र कहीँ पुग्न नसक्ने बताए ।

उनले मुलुकको अर्थतन्त्र माथि उठे स्वदेशी तथा विदेशी लगानी सहज रुपमा आउने बताए । उनले अर्थतन्त्र सबल बन्ने सबै आधारहरू बनेकाले स्वदेशी तथा विदेशी लगानीकर्ताहरू नेपालको विकासमा सहभागिता जनाउन सहजता हुने बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : ४० बजे