Logo

समाचार

वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई गरिन् हातपात



काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीमा गएकी महिलाले नेपाल आएर विदेश पठाउने मेनपावरको व्यक्तिलाई हातपात गरेकी छन् । केपी इन्टरनेसनल ओभरसिजबाट कुवेतमा पठाइएका महिला कामदारले मेनपावर सञ्चालक निर्मलराय अमातलाई हातपात गरेकी हुन् ।

ती महिलाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन् । त्यही उजुरी उपर छलफल गर्न भनि वैदेशिक रोजगार विभागमा कम्पनीका संचालक निर्मलराय बोलाइएको थियो ।

विभागको कार्यकक्षमा उपस्थित भइ उजुरीका बारेमा छलफल हुँदै गर्दा उजुरीकर्ताका मानिस हौं भनि विभिन्न अपशब्द प्रयोग गरी सञ्चालक निर्मलराय अमातलाई हातपात, कुटपिट र गालीगलौज गरिएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

‘वैदेशिक रोजगार विभागमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयमा वैदेशिक रोजगारीबाट फर्कीएका कामदारहरुको समस्या समाधानका लागि उजुरीकर्ता र कम्पनीका संचालक बीच वैदेशिक रोजगार विभागमा छलफल हुँदै गर्दा असम्बन्धित, अनाधिकृत व्यक्तिहरु प्रवेश गरि संचालकलाई गालीगलौज, कुटपिट र हातपात हुनु र वैदेशिक रोजगार विभागले यस्तो गैरकानुनी कार्य गर्नेहरुलाई कुनै पनि कारवाही नगर्नु गम्भिर र आपत्तिजनक रहेको छ । यस्तो गैरकानूनी कार्य गर्नेहरुलाई कडाभन्दा कडा कानूनी कारवाही गर्न संघ सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं’, नेपाल वैदेशिक रोजगार व्यवसयी संघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ३ : १६ बजे