Logo

खेलकुद

प्रो क्लब च्याम्पियनसिपमा आर्मी विजयी



काठमाडौं । प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ ।

वीरगञ्जको नारायणी रंगशालामा आज भएको खेलमा आर्मीले वन्डरस क्लब नोएडालाई ९ विकेटले पराजित गरेको हो ।

वन्डरसले दिएको १०० रनको लक्ष्य आर्मीले १३.३ ओभरमा पूरा गरेको थियो ।

आर्मीलाई जित दिलाउँद भीम शार्कीले २० रनको नटआउट पारि खेल्दा सन्तोष कार्कीले ३७ तथा कुशल मल्लले ४१ रनको पारि खेले ।

नोएडाका ऋतिक भट्सले ३ विकेट हात पारे ।

पहिला ब्याटिङ गरेको  नोएडाले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

ऋतिक अरोरा र हर्षित सेठ्ठीले २०–२० रन बनाउँदा शंकर शेखरले १४ तथा बन्स बेदीले १० रन जोडे ।

आर्मीका सहाव आलमले सर्वाधिक ४ विकेट लिँदा बसिर अहमद, कुशल मल्ल र सोमपाल कामीको नाउँमा एक एक विकेट रह्यो । जितसँगै आर्मी तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : ४६ बजे