Logo

खेलकुद

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी विजयी



काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको खेलमा कोशीले बागमति प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । बागमतिले लिएको ८८ रनको लक्ष्य कोशीले १८.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो ।

कोशीको जितमा काजल श्रेष्ठको नटआउट ४१ रनको नटआउट र अप्सरी बेगमको ४१ रनको पारि महत्वपूर्ण रह्यो । कप्तान रुविना क्षेत्री भने २ रन बनाएर सुरुमै आउट भएपछि काजल र अप्सरीले पारि सम्हालेका थिए ।

४१ रन बनाएर आउट हुँदा अप्सरीले ५४ बलमा १ छक्का र ४ चौका प्रहार गरिन् । उनी आउट भएर क्रिजमा आएकी लकिता राजवंशीले कुनै पनि बल फेस गरिनन् भने अन्त्यमा काजलले छक्का प्रहार गर्दै कोशीलाई जित दिलाइन् । उनले ५१ बलमा १ छक्का र ३ चौकाको मद्दतले ४१ रनको नटआउट पारि खेलेकी हुन् ।

बागमतिका लागि सोनी पाख्रिन र संस्कृति फुयाँलले एक एक विकेट लिए ।

पहिला ब्याटिङ गरेको बागमतिले निर्धारित ओभरमा ८ विकेट गुमाएर ८७ रन बनाएको थियो । बागमतिका लागि सार्वाधिक ४१ रन बनाउने खेलाडी यसोदा विष्ट हुन् । यसैगरी कप्तान अस्मिना कर्माचार्य २४ रन बनाएर रनआउटको शिकार बनिन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कन्चन श्रेष्ठले ८ रन बनाउँदा खुसी डंगोल ३ रनमा पभेलियन फर्किइन् । सलिना सिलवालले २ तथा हेलिसा गुरुङ र कृष्मा गुरुङले एक एक रन जोडे ।

बागमतिविरुद्ध कोशीका खेलाडीको फिल्डिङ उत्कृष्ट हुँदा ३ जना खेलाडी रनआउटको शिकार भएका थिए ।

कोशीका लागि अप्सरी बेगम र सबनम राइले दुई दुई विकेट लिँदा संगिता राइले एक विकेट हात पारिन् ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १ : ४४ बजे