Logo

Breaking News 1

प्रधानमन्त्रीद्वारा इनरुवा सबस्टेशनको उद्घाटन



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको सुनसरी, इनरुवास्थित सबस्टेशनको आज शुक्रबार उद्घाटन गरेका छन् ।

इनरुवास्थित भोक्राहामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ४००–२२०–१३२–३३ केभी क्षमताको सवस्टेशन उद्घाटन गरेका हु्न् ।

त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले केही समयमै नेपाल सम्पूर्ण रुपमा उज्यालो हुने दाबी गरे ।

९८ प्रतिशत जनतामा विद्युत पुगेको उल्लेख गर्दै उनले अब डेढ बर्षभित्र शतप्रतिशत जनताकहाँ विद्युत पुर्याउने सरकारले लक्ष्य लिएको बताए ।

ठूला क्षमताका प्रशारण लाइन जोड्ने अभियान चलिरहेको भन्दै अरुण र तमोरको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्न सुनसरीको यो सवस्टेशन भारतमा विद्युत बेच्नसमेत मेरुदण्ड बन्न सक्ने बताए ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १२ : २३ बजे