काठमाडाैं । दक्षिण अफ्रिकाविरुद्धको ३ खेलको एक दिवसीय सिरिज भारतले जितेको छ । बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ७८ रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसनको शतकका कारण घरेलु टोलीलाई २९७ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाको टोली २१८ रनमा आउट भयो । भारतले २०१८ पछि दक्षिण अफ्रिकाविरुद्धको सिरिज पहिलो पटक जितेको हो ।
दक्षिण अफ्रिकाका लागि बुरोन हेन्ड्रिक्सले सर्वाधिक ३, नान्द्रे बर्गरले २ तथा लिजार्ड विलियम्स, भायान मुल्डर र केशव महाराजले १–१ विकेट लिए । २ सय ९७ रनको लक्ष्यको जवाफमा आयोजक टोलीका ओपनरले दमदार सुरुवात गरेका थिए ।
प्रतिक्रिया