Logo

Breaking News 1

मौसमविद्ले भने–चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनू



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ । आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।

देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ५२ बजे