Logo

Breaking News 1

सोचेजति काम गर्न सकेको छैन, अब टार्गेटमा काम हुन्छ : प्रधानमन्त्री



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सोचे अनुसार रिजल्ट दिन नसकेपनि असफल भने नभएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रचण्डले एनसेल काण्डमा पर्याप्त तथ्य तथ्याङ्कसहित आफूले संसदीय समितिमा कुरा राखिसकेको र विधि, विधान र कानुनभन्दा माथि कोही पनि नरहेको बताए ।

उनले आफ्नो पार्टीको नामबाट कम्युनिस्ट हटाउन लागेको भन्ने चर्चा सही नभएको पनि बताए ।

कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले आफूले पुस लागेदेखि सामूहिक रुपले मन्त्रालयको ब्रिफिङ लिइरहेको बताउँदै ६ वटा मन्त्रालयको सकिएको बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : १२ बजे