Logo

Breaking News 1

मधेश बलियो नभइ कांग्रेस बलियो हुँदैन : अर्थमन्त्री महत



जनकपुर । अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आधारभूमि मधेश बलियो नभई कांग्रेस बलियो नहुने बताएका छन् । उनले कांग्रेस एक्लैले मधेशमा बहुमत ल्याउने आधार बनाउनुपर्ने धारणा राखेका छन् ।

जनकपुरमा सुरु कांग्रेसको मधेश प्रदेश प्रथम सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले भने ,‘मधेश प्रदेश बलियो भयो भने नेपाली कांग्रेस बलियो हुन्छ । मधेश प्रदेशमा कांग्रेसले एक्लैले बहुमत ल्याउने परिस्थिति बनायौं भने देशैभरि कांग्रेसले बहुमत ल्याउँछ ।’ यसका लागि पार्टीमा एकता आवश्यक रहेको उनको भनाइ थियो ।

प्रवक्ता महतले एकताको विषय उठाइरहँदा सम्मेलनमा नेताहरुबीच पदीय मर्यादाअनुसार आसन ग्रहणमै मतान्तर देखिएको थियो । पूर्वउपसभापति विमलेन्द्र निधि र नेता शेखर कोइराला कार्यक्रमको मञ्चमा आसन ग्रहणको विषयलाई लिएर असन्तुष्टि देखियो । निधि मञ्चमा नउक्लिइ दर्शकदीर्घामै बसे भने कोइराला कार्यक्रममा सहभागी हुन आएनन् । उनी सुनसरी दुहबीमा आयोजित पार्टीकै अर्को कार्यक्रममा सहभागी हुन गए ।

अर्थमन्त्री महतले किसान खुसी पार्न आश्वासन बाँडे । अर्थतन्त्रमा निर्णायक सुधार आउने बताएका उनले मधेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्था गर्ने बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : ०० बजे