Logo

राजनीति

एउटै बीमाले सबै अस्पतालमा उपचार : मन्त्री बस्नेत



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले, एउटा अस्पतालमा गरेको बीमाले देशका जुनसुकै अस्पतालमा लागू हुने व्यवस्था मिलाउन लागेको जानकारी दिएका छन् ।

बिहीबार राष्ट्रिय स्वास्थ्य वित्त रणनीति कार्यान्वयन द्रुत परिणाम हस्तान्तरण कार्यक्रममा बोल्दै उनले, एउटा अस्पतालमा गरेको बीमा देशका जुनसुकै अस्पतालमा प्रयोग गर्न पाउने व्यवस्थाको प्रक्रिया अगाडि बढाउन टेक्नोलोजी विकास भै रहेको बताए ।

उनले जति चाँडो राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिलाई कार्यान्वयन गर्न सक्यो त्यत्तिनै चाँडो मुलुकले लाभ लिन सक्ने तर्क गरे । मन्त्री बस्नेतले अहिले मन्त्रालयमा बिरामीहरूका भिड लाग्ने गरेको भन्दै मन्त्रालय अस्पताल जस्तो भएको बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ३ : ४० बजे