Logo

Breaking News 1

उड्न लागेको बुद्ध एयरको आकस्मिक ढोका यात्रुले खोलेपछि



पोखरा । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको जहाजको आकस्मिक ढोका यात्रुले खोलेका छन् ।

बिहीवार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं. ६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेको बुद्ध एयरले जनाएको छ ।

के कति कारणले ढोका खोलिएको हो यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझिरहेको समेत बुद्ध एयरले जनाएको छ ।
यात्रुले ढोका खोलेपछि काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १० : ४२ बजे