Logo

Breaking News 1

तोलामै १ हजारले बढ्यो सुन



काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल र तेजाबी सुन तोलामै १ हजार रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुन १ लाख १८ हजारमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख १९ हजार प्रतितोला पुगेको छ ।

हिजो १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज १ लाख १८ हजार ४५० रुपैयाँमा पुगेको छ । यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय ६५ रुपैयाँ कायम भएको महासंले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : १३ बजे