Logo

Breaking News 1

न्यायाधीशमाथि परेका उजुरीको छिट्टै छिनोफानो हुन्छ : प्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौं । प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीशको कामकारबाहीलाई लिएर न्याय परिषद्मा परेका उजुरीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् । 

गुनासो र निराशालाई भरोसामा परिणत गराउन आफूहरु काम गरिरहेको भन्दै उनले परिषद्को कामप्रति भरोसा गर्न समेत आग्रह गरे ।

न्याय परिषद् दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले उजुरीहरुलाई प्राथमिकता दिएरै अध्ययन गरिरहेको जानकारी दिँदै न्याय परिषद्मा विचाराधीन उजुरीहरुको टुंगो चाँडै लगाउने बताए ।

उनले अहिले न्याय परिषदको कार्यप्रति देखिएको निरासालाई चिर्ने प्रयासमा आफूहरु परिषदसुधारको लागि काम गरिरहेको उल्लेख गर्दै भरोसा गर्न आग्रह गरे ।

उनले परिषद्को भूमिका न्यायिक सुशासनको लागि पनि उत्तिकै महत्वपूर्ण भएको बताउँदै परिषद्का क्रियाकलाप थप संवेदनशील हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : ५१ बजे