Logo

Breaking News 1

अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तोगरी काम गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफ्नो र छोरीको नाम जोड्नु वर्तमान राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको बताए । उनले एनसेल शेयर खरिद बिक्री प्रकरणमा आफू र छोरीको नाम जोड्नु राजनीतिक प्रणाली, संविधान र गणतन्त्र विरुद्धको हमला भएको गुनासो गरे ।

प्रधानमन्त्री दाहालले एनसेलको शेयर खरिद, बिक्री गर्नेहरूलाई आफूले चिनेको भए पनि कानुन, संविधान र प्रणालीको विरुद्धमा गए नछोड्ने बताए । चिनेजानेको नाताले अनुहार हेरेर नबस्ने उनको भनाई छ । 

दाहालले एनसेल शेयर किनबेच प्रकरणमा पहिलो दृष्टिमै गडबढी देखिएको बताए । उनले सो प्रकरणमा जालझेल भएको कुरामा आफू स्पष्ट रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७२/०७३ को भ्यालुएसन १४३ अर्ब हुँदा अहिलेको भ्यालुएसन २०० अर्बको हुनुपर्ने भन्दै ६ अर्बको भ्यालुएसन गर्नु जालझेल भएको बताउनु भयो । एनसेलले आफ्नो स्वामित्व नेपाल सरकारलाई हस्तान्तरण नगर्ने नियत राखेको पनि जिकिर गरे । प्रधानमन्त्री दाहालले कानुनी छिद्रलाई टाल्ने र एनसेल विरुद्धको लडाइँमा जुनसुकै मूल्य चुकाउनका लागि पनि आफू तयार रहेको बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ५ : १४ बजे