Logo

Breaking News 1

सरकारको वर्षदिन सफल भएको माओवादी नेताको दावी



काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले प्रधानमन्त्री पुष्पकमल दाहालले नेतृत्व गरेको सरकारको एक वर्ष सफल कार्यकाल भनी बचाउ गरेका छन्।

भ्रष्टाचार काण्डहरुको छानविन र अनुसन्धानमा सरकारले अहिलेसम्मकै  नयाँ रेकर्ड बनाएको दावी गर्दै  भट्टले एनसेल प्रकरणलाई  एउटा उदाहरण भनेर चर्चा गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टले एनसेल प्रकणको गहिराईसम्म पुगेर छानविन गर्न सरकारले समिति गठन गरिसकेकोले संलग्न दोषी उम्किन नपाउने बताए।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : २८ बजे