Logo

Breaking News 1

राज्य व्यवस्था समितिमा प्रधानमन्त्रीः ‘मेरा छोरीमाथिको आरोप व्यवस्था विरोधी चलखेल’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना छोरीहरुको आलोचनालाई व्यवस्थामाथिकै हमला भएको अर्थ लगाएका छन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले छोरीमाथि आरोप लगाएर उचाल्ने, पछार्ने र आक्रमण हुने गरेको भन्दै त्यो व्यवस्था विरुद्धकै हमला भएको दाबी गरे ।

प्रधानमन्त्रीले भने, ‘मेरो परिवारमा सदस्य घट्दै गएर अब तीन जनामात्र बाँकी छौं । एउटी छोरी रेणु दाहाल चितवनको भरतपुर महानगरपालिकाको मेयर, उ उतै बढी इन्गेज छ । अर्कीे छोरी मेरो सचिवालयमा काम गरिरहेकी छ । बिचरा त्यो कस्ती छ, तपाईंहरुले थाहा पाउनुभएकै छ । उसलाई जोडेर बनाएको छ, कहिले उचालेको छ भन्दा म के ठान्छु भने यो संविधान, सिस्टम, गणतन्त्र र लोकतन्त्रका विरुद्धको हमला हो । यसमा म एकदम क्लियर छु ।’ ‘प्रचण्डलाई हमला गरेर नराम्रोसँग बेइज्जत नगरेसम्म यो व्यवस्था उल्टिँदैन भनेर एकथरि मेरा विरुद्ध लागिपरेका छन् । केलाई चलाएर के भने जस्तो, मैले किन चलाउनु मलाई थाहा छ, चुप लागेको हो । यहाँ समितिमा प्रश्न उठेकोलेमात्रै जवाफ दिएको हो । बेलायतमा कम्पनी खडा गर्ने भनिएकोलाई पनि म राम्रोसँग चिन्छु ।’

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ३ : ०१ बजे