Logo

Breaking News 1

समतामूलक समाज अभियन्ताको विश्व सम्मेलन हुने 



काठमाडौं । समतामूलक समाज स्थापनामा जोड दिने अभियन्ताहरुको विश्व सम्मेलन आगामी फागुनमा काठमाडौंमा हुने भएको छ । विश्व सामाजिक मञ्च नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै  आगामी फागुन ३ देखि ७ गतेसम्म राजधानीको खुला मञ्चमा कार्यक्रम गरिने जनाएको हो ।

मञ्चका कार्यकारी निर्देशक ओम थपलियाका अनुसार कार्यक्रममा विश्वका ८० देशबाट सामाजिक अभियन्ताहरु नेपाल आउने छन् । ‘जलवायु परिवर्तन, मानवअधिकार, महिला अधिकार, कृषिको अधिकार, मजदुर अधिकार कसरी प्राप्त गर्ने लगायतका विषयमा छलफल हुनेछ,’ उनले भने ।

यस्तै, अनुसन्धानकर्मी नेत्र तिम्सिनाले सम्मेलन आवाजविहीनहरुको आवाज हुने बताए । ‘जसका आवाजहरु सुनिएनन्, जो मान्छे भएर बाँच्नका लागि जन्मियो, उसले अधिकार पाएन, बाँचेको महसुस नै गरेन्, उसका मुद्दाहरु नै सुनिएनन्, यी र यस्ता मुद्दाहरु कार्यक्रमबाट मात्रै समाधान हुनेछन्,’ उनले भने ।

मञ्चले नीतिअनुसार निम्तिने असमानता, सैन्यवाद, वातावरणीय संकट र साम्राज्यवादको विरोध गर्दै वैकल्पिक विचारमा छलफल–बहस र समाधान खोज्न एक ‘खुला मञ्च’ उपलब्ध गराउने बताएको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  १२ : ०३ बजे