Logo

Breaking News 1

एकीकृत समाजवादीको बैठकमा विधान मस्यौदा प्रस्तावमाथि छलफल



काठमाडौं । नेकपा एकीकृत समाजवादीको अधिवेशनको तयारीका लागि सुरु भएको केन्द्रीय सचिवालयको बैठकमा सोमबार विधान मस्यौदा प्रस्तावमाथि छलफल भएको छ ।

पार्टीले विधान मस्यौदाका लागि उपाध्यक्ष बेदुराम भुषाल, महासचिव घनश्याम भुषाल र उपमहासचिव प्रकाश ज्वालाको तीन सदस्यी विधान मस्यौदा समिति गठन गरेको छ । उक्त समितिले विधान मस्यौदाका लागि अघि सारेको प्रस्तावमा सोमबार छलफल भएको नेता जीवनराम श्रेष्ठले बताए ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : ३० बजे