Logo

विश्व

दाउद इब्राहिमका कारण पाकिस्तानी पूर्व क्रिकेटरको परिवार नजरबन्दमा



इस्लामावाद । पाकिस्तानका पूर्व क्रिकेटर जावेद मियाँदादको सम्पूर्ण परिवार दाउद इब्राहिमका कारण समस्यामा परेको छ ।

अन्डरवल्र्ड डन इब्राहिमसँग नाता रहेका मियाँदादको पुरै परिवारलाई घरमै पाकिस्तानी सेना र आईएसआईले नजरबन्दमा राखेका छन् । मियाँदाद दाउदका नजिकका नातेदार हुन् ।

जावेदका छोराको विवाह दाउदकी छोरीसँग भएको छ । सन् २००५ मा मियाँदादका छोराले दाउद इब्राहिमकी छोरीसँग विवाह गरेका थिए । जब यो विवाह भयो, भारतसँगै पाकिस्तानमा यसको निकै चर्चा भएको थियो । तर, यो विवाहमा पनि दाउद इब्राहिमको तस्बिर सार्वजनिक भएन ।

अहिले पनि दाउदको पुराना तस्बिरमात्रै सार्वजनिक हुने गरेका छन् । सोमबार विहानैदेखि अन्डरवल्र्ड डन दाउद इब्राहिमको निधन भएको बताइए पनि यसको औपचारिक पुष्टि भने भएको छैन ।

मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिमलाई विष खुवाएको खबर पाकिस्तानका सामाजिक सञ्जालमा फैलिएको छ ।

केही पाकिस्तानी मिडियाले निधनपछि दाउदलाई कराचीको कब्रिस्तानमा  गाडिएको उल्लेख गरेका छन् । यति मात्र होइन धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । कराची, लाहोर, मिरपुर खास र रावलपिंडी जस्ता क्षेत्रहरूमा सामाजिक सञ्जाल ठप्प छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : २६ बजे