काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपको व्यवस्थापनमा राज्यले समुचति ध्यान दिन नसकेको पाइएको बताएका छन् ।
भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२ औं स्थापना दिवस तथा बृहत रक्तदान कार्यक्रममा आज सहभागी बनेका उनले भने ‘नियमकानुनले हुने काम छिटै गरिनुपर्छ ।’
समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटीमण्डपमा सुधारका कामहरु गर्नुपर्ने भएको मन्त्री आचार्यले बताए । छुट्याइएको बजेटबाट यसै वर्ष ५/७ सय स्टलहरुको निर्माण सुरु हुनुपर्ने उनले बताए ।
भृकुटीमण्डपको अवस्था सुधारका लागि हुनुपर्ने काममा राज्यकै तर्फबाट कमी कमजोरी भएको देखिएको उनको भनाइ थियो ।
प्रतिक्रिया