Logo

Breaking News 1

सर्वोच्चमा प्रस्तावित सबै न्यायाधीशको सुनुवाइ सकियो



काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्रगतको संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्चमा प्रस्तावित सबै ६ जना न्यायाधीशको सुनुवाइ सकिएको हो ।

आज सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ सकिएसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिएको हो ।

यसअघि हिजो आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाले तथा त्यसअघि सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको पनि संसदीय सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएमा उनीहरू नियुक्तिका निम्ति योग्य हुनेछन् ।

गएको मंसिर ५ गते न्याय परिषद्ले उनीहरूलाई सर्वोच्चमा नियुक्तिको सिफारिस गरेको थियो। संसदीय समितिले प्रस्तावित न्यायाधीशका विषयमा निर्णय बुधबारको बैठकबाट गर्नेछ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ४ : ४० बजे