Logo

Breaking News 1

देशको विकासको लागि तीन तहको सरकारबीचको समन्वय आवश्यकः मन्त्री ज्वाला



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले, देशका तमाम समस्या समाधानका लागि तीन तहका सरकारबीचको समन्वय आवश्यक रहेको बताएका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले, तीन तहकै सरकार एकआपसमा समन्वय र सहअस्तित्व गरेर अगाडि बढ्ने हो भने देशका तमाम समस्या समाधान हुने भन्दै त्यसको लागि नेपाल सरकार तयार रहेको बताए ।

काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको उनले दाबी गरे । मन्त्रालयअन्तर्गतका सम्पूर्ण सडकखण्डमा रहेका खाल्डाहरु व्यवस्थित गरीसकेको उनको भनाई छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  २ : १६ बजे