विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयहरुमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् ।
राष्ट्रिय बहिरा महासंघ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाएपछि उनले दोभाषे राख्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रदेश सरकार मातहतका अस्पतालहरुमा राखेका दोभाषेलाई जिल्ला बहिरा संघ मातहत ल्याउन माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधिबनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक साार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका हुन् ।
त्यस्तै उनले प्रतिस्थापन विधेयक मार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेको बताए ।
मुख्यमन्त्री कार्कीले दोभाषेहरुको पेशागत सीप विकासका लागि सरकाले काम गर्ने उल्लेख गर्दै नीति नियम बनाउँदा महासंघलाई सहभागिता गराउने कुरामा सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे ।
प्रतिक्रिया