Logo

Breaking News 1

उपत्यकाको फोहोर व्यवस्थापनमा कानूनी अड्चन फुकाउन प्रधानमन्त्री प्रचण्डलाई मेयर बालेनको आग्रह



काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानूनी अड्चन हटाउन प्रधानमन्त्री दाहाललाई आग्रह पनि गरे।

काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरु भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिए ।

ललितपुर महानगरपालिकाको १०५ औं स्थापना उत्सवमा सहभागी बानेका साहले सोमबार तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् ।सँगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहले आफ्नो क्षेत्राधिकारको कार्य गरिरेहेको र संघले पनि कानूनी अड्चनलाई हटाएर सहयोग गर्न आग्रह गरे ।

उनले प्रधानमन्त्री दाहाललाई त्यसका लागि केही काम महानगरपालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताए । विशेष गरी उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने साहको भनाइ थियो ।

मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन रुपमै होस् भन्ने चाहेको बताएका छन् ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ११ : ५१ बजे