Logo

समाचार

दुर्लभ वन्यजन्तु सालकको खपडा सहित कारोबारीहरु पक्राउ



काठमाण्डौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुर्लभ वन्यजन्तु सालकको खपडासहित कारोबारमा संलग्न तीनजना व्यक्तिलाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।

गोप्य सुचनाका आधारमा अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा ४४ ईन्च लम्बाई, २१ ईन्च चौडाई रहेको खुट्टाको नंग्रा सहितको सालकको खपडा र छाला जस्तो देखिने बस्तु सहित अभियुक्तहरुलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय, हात्तिसार काठमाडौं पठाईएको छ ।

पक्राउ पर्नेहरुमा दोलखा जिल्ला घर भएका वर्ष २० का अमृत लामा, वर्ष २५का विशाल बस्नेत र वर्ष २७ का सुकविर तामाङ रहेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन के.सीले बताएका छन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ४ : ३१ बजे