Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतवार आज सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य १ हजार ३ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार १ हजार ४ सय ७० रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रूपैयाँले  घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  १२ : ०९ बजे