Logo

Breaking News 1

कांग्रेस नेता बालकृष्ण खाणले बुझाए नविल बैंकमार्फत ३० लाख बैंक ग्यारेन्टी


२९ मंसिर २०८०, शुक्रबार  

69
Shares

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले बैंक ग्यारेन्टी बुझाएका छन् ।

शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैंकमार्फत जिल्ला अदालत काठमाडौँमा बैंक ग्यारेन्टी बुझाएका हुन् । बैंक ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ ।

खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १२ : १९ बजे