Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर २९ गते


२९ मंसिर २०८०, शुक्रबार  

23
Shares

काठमाडाैं । आज मिति २०८० मंसिर २९ गते, शुक्रबार, १५ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष तृतीया तिथि। पूर्वाषाढा नक्षत्र, १०ः४५ बजेपछि उत्तराषाढा। चन्द्रराशि धनु, १६ः२८ बजेपछि मकर।

मेष राशि
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

बृष राशि
साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

मिथुन राशि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

कर्कट राशि
ष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलो पारिवारिक भेटघाट पनि हुनेछ।

सिंह राशि
साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आयस्रोत पनि बढ्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ।

कन्या राशि
मान्यजनको सहयोगले तत्कालको अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। पेसा व्यवसायमा लाभ उठाउन सकिनेछ।

तुला राशि
व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएको काम रोकिन सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ।

बृश्चिक राशि
सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।

धनु राशि
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग छ।

मकर राशि
केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।

कुम्भ राशि
साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा सम्भावित देखिन्छ।

मीन राशि
साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ०० बजे