नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले रैथाने बालीको उत्पादन र जोड दिन आग्रह गरेका छन् ।विदुरमा बिहीबार प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उनले रैथाने बालीको बजार र माग पर्याप्त रहेको भन्दै थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइने बताए ।
उनले भने, ‘रासायनिक मल, किटनाशक औषधिले रोगव्याधि बढ्यो । नयाँ नयाँ रोग देखाप¥यो, यी सबै हाम्रो खानपान र जीवनशैलीले गर्दा हो । हाम्रो जीवनशैली सुहाउँदो उत्पादनलाई प्रवद्र्धन गर्न उन्मुख हुन आग्रह गर्दछु ।’ उनले महोत्सवमार्फत् नुवाकोटको कला संस्कृति, सभ्यता, खेल, उत्पादन र विविध विशेषता झल्कने बताउँदै महोत्सव हेर्न आउनेले जिल्लाको विविधता चिन्ने अवसर पाउने बताए ।
उनले भने, ‘देशको सांस्कृतिक र भौगोलिक, जलवायु, वनस्पति, चराचुरुंगी, जातजाति, भाषा र वेशभूषाको विविधता नेपालको गौरव हो । यो विविधताको संरक्षण हुनुपर्छ । जति धेरै विविधता छ, त्यत्ति धेरै हामी समृद्ध हुँदै जान्छौं ।’
मौलिकता छोड्दा नेपालको पहिचान गुम्ने डर हुने भन्दै हाम्रो धर्म संस्कृति र जीवनशैलीमा धेरै ठूलो शक्ति रहेको उनको भनाइ छ ।
नुवाकोटमा उत्पादन हुने फलफूल र तरकारी एक डेढ घन्टामा हामी काठमाडौंको बजारमा पु¥याउन सक्ने सम्भावना औंल्याउँदै उनले सडक सञ्जालको विस्तार भएको छ, अब घरमा बसेर काठमाडौंमा जागिर खान सकिने बताए ।
कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी, गीत, संगीत र सांस्कृतिककर्मीले नृत्य प्रस्तुत गरेका थिए भने खेलाडीहरुले तेक्वान्दोका खेलहरु सांगीतिक महोलमा प्रदर्शन गरेका थिए ।
प्रतिक्रिया