Logo

Breaking News 1

भोजपुरमा केपी शर्मा ओलीलाई कालो झण्डा



विराटनगर । भोजपुरको सदरमुकाम बजारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । पहिचान पक्षधरहरूले नेकपा एमालेको सङ्कल्प यात्रामा बुधबार भोजपुर पुगेको अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएका हुन् ।

पहिचान पक्षधरहरूले एमाले पार्टी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका छन् । कालो झण्डा देखाउने पहिचान पक्षधर नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनता समाजवाद नेपालका सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई जिल्ला सदस्य दिनेश राई , धिरज राई, मणि राई, विद्यार्थी नेता धिरेन खिम्बू, तयाबङु राई र विकास रहेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १२ : ४६ बजे