Logo

मुख्य समाचार

सानेपामा कांग्रेसको प्रशिक्षण जारी



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको नीति, विचार र सिद्धान्तका बारेमा तल्लो तहसम्म प्रशिक्षण गर्न ‘नेपाली राजनीतिको आयाम र कांग्रेसको नेतृत्व’विषयक प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानले सातै प्रदेशमा हरेक प्रदेशसभा क्षेत्रमा कम्तिमा एक जना प्रशिक्षक उत्पादन गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको हो ।

बिहीबार बागमती प्रदेशकालागि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा प्रशिक्षण चलिरहेको छ ।

बुधवारदेखि सुरु भएको प्रशिक्षण शुक्रबार सम्पन्न हुनेछ । प्रशिक्षण कार्यक्रममा पार्टीका महामन्त्री गगनकुमार थापा, केन्द्रीय नीति अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्य र ज्ञान व्यवस्थापन विज्ञ डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको स्थापना कालदेखि हालसम्मको नीति, मार्गदर्शक सिद्धान्त र विचार तथा घोषणापत्र र अबको मार्गदिशाका बारेमा प्रशिक्षण गरिरहेका छन् ।

बामगती प्रदेशपछि क्रमश सातै प्रदेशमा यस्तै प्रकृतिको प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न लागिएको कांग्रेसले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका ६६ प्रदेशसभा निर्वाचन क्षेत्रबाट १र१ जना प्रतिनिधि नेताहरु सहभागी छन् ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ५२ बजे