Logo

Breaking News 1

सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मर्का : अध्यक्ष मल्ल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले काठमाडौं महानगपालिकाको सुर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णयले साना व्यवसायीलाई मार पर्ने बताएका छन् ।

उनले महानगरभित्र सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न रोक लगाउने कुरा स्वागतयोग्य भएपनि कारोबार नै गर्न नदिने कुराले साना व्यवसायीहरु मारमा पर्ने बताए ।

काठमाडौं महानगपालिकाले आजदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले सहरका मुख्य चोकहरुमा ५० जना नगर प्रहरी समेत परिचालन गरेको छ ।

महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ ।

त्यस्तै, सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ३९ बजे