Logo

Breaking News 1

संसद्को प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहीत : सभामुख घिमिरे



काठमाडौं । सभामुख देवराज घिमिरले संसदको प्रभावकारिता धेरै हदसम्म कर्मचारीहरूको क्षमता र सक्रियतामा निहीत रहेको बताएका छन् ।

उनले संघीय संसद्का कर्मचारीहरुको उच्च मनोबल, निष्पक्ष र प्रभावकारी कार्यसम्पादन तथा लगनशीलता वृद्धि गर्न आवश्यक रहेको बताए ।

संघीय संसद सेवा दिवसको सन्दर्भमा बिहीबार शुभकामना वक्तव्य जारी गर्दै सभामुख घिमिरेले सरकारका कामको निगरानी गर्ने संसद्को जिम्मेवारीमा संसद्का कर्मचारीहरुको अर्थपूर्ण भूमिका हुनुपर्ने बताए ।

उनले सरकारको निगरानीको कामलाई प्रभावकारी कार्यसम्पादन गर्न संसदीय क्षमता र सामर्थ्य विकास गर्न संसद् सेवालाई अलग गरिएको स्मरण गराएका छन् ।

२०५८ सालमा स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ३५ बजे