Logo

खेलकुद

शतप्रतिशत जितका साथ म्यानचेस्टर सिटी अन्तिम १६ मा



काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी शतप्रतिशत जितका साथ च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । बुधबार राति भएको खेलमा सिटीले रेट स्टारलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘जी’मा सिटीले ६ खेलबाट १८ अंक बनाएको हो । सिटीलाई जिताउनका लागि मिच ह्यामिल्टन, ओस्कर बोब र काल्भिन फिलिप्सले एक ÷एक गोल गरे । रेडस्टारका लागि हाङ बिओम र एलेक्जेन्डर काटीले एक/एक गोल फर्काए ।

१९ औं मिनेटमा ह्यामिल्टनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ओस्करले अग्रता दोब्बर बनाए ।
७६ औं मिनेटमा रेटस्टारका हाङले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । तर, ८५ औं मिनेटमा फिलिप्सले पेनाल्टीमा गोल गरेपछि सिटी ३–१ ले अघि बढेको थियो ।

दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा एलेक्जेन्डरले गोल फर्काए पनि अन्ततः सिटी ३–२ गोल अन्तरले विजयी भयो ।
यस्तै यही समूहमा रहेका आरबी लाइपजिङले योङ ब्वाइजलाई २–१ गोल अन्तरले पराजति गरेको छ । जितसँगै लाइपजिङको १२ अंक भएको छ । उसले पनि अन्तिम १६ मा स्थान पक्का गर्न सफल भयो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ७ : ४१ बजे