Logo

अर्थ

झिनो अंकले बढ्याे नेप्से



काठमाडौं । शेयर बजार बुधबार झिनो अंकले बढेकाे छ । नेप्से थोरै माथि चढे पनि कारोबार भने उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज बजार २.६० अंकले बढेको हो । ०.१३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९८८.०४ अंकमा उक्लिएको छ ।

आज २९२ कम्पनीका १ करोड २० लाख ९५ हजार ५ सय ३९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९० करोड ९१ लख ९८ हजार ५ सय ७०।२७ रुपियाँ बराबरको कारोबार भयो ।

नेप्से झिनो अंकले उचालिए पनि विभिन्न ५ कम्पनीका शेयरधनीहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल ९बालाजु० लिमिटेड, मोलुङ हाइड्रो, घलेम्दी हाइड्रो, सानिमा बैंकको डिबेञ्चर र मानुषी लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९८, ९.९६, ९.७८ र ९.७८ प्रतिशतले नाफा कमाएका हुन् ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ४ : ३१ बजे