Logo

Breaking News 1

‘स्पष्ट कानुनी व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या’



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त सचिव गंगाप्रसाद पौडेलले कानुनको स्पष्ट व्यवस्था नहुँदा आयोगको कार्यसम्पादनमा समस्या भएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित सुशासन प्रवर्द्धन र सन्तुलित विकास सम्बन्धमा संघीय संसद र सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा उनले कानूनी र नीतिगत समस्या कारण आयोगका काम कारबाही प्रभावित भएको बताए ।

अख्तियार अनुसन्धान आयोगको भूमिका र अधिकारको स्पष्ट व्यवस्था नभएको बताउँदै उनले कानूनले राष्ट्रसेवक र सार्वजनिक प्रकृतिको कार्य गर्ने अधिकार समेट्न नसकेको बताए ।

उनले अख्तियारका काम कारबाहीका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८, भ्रष्टाचार निवारण ऐन, २०५९ मात्रै कानून रहेकोमा २०७२ सालको संविधानपछि अख्तियार दुरुपयोग अनुसन्धा आयोग ऐन, २०४८ निष्क्रिय जस्तै रहेको बताए ।

त्यस्तै, उनले भ्रष्टाचार निवारण ऐनले भ्रष्टाचारका कममा कस्ता मुद्दा दायर गर्ने, कसुर कस्तो लाग्ने, काम गर्ने लगायत व्यवस्था गरेको बताए ।

आयोगमा परेका उजुरीका सम्बन्धमा तामेली राख्ने, सुझाव लेखी पठाउने, विषेश अदालतमा आरोपपत्र दायर गर्नेलगायत कामहरु अख्तियारले गर्ने उनले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १२ : १५ बजे