Logo

खेलकुद

फेका कप : गेटवे सेमिफाइनलमा



काठमाडौं । गेटवे एकेडेमी १६ औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा मंगलबार हाइल्यान्डलाई १–० गोलले पराजित गर्दै गेटवे एकेडेमी सेमिफाइनलमा पुगेको हो ।

गेटवेका लागि लक्ष्मण उप्रेतीले गरेको एकमात्र गोल निर्णायक बन्न पुग्यो । गेटवेका प्रदीप खत्री ‘म्यान अफ द म्याच’ घोषित भए । मूलपानीमा जारी प्रतियोगितामा अक्षरिका र एकलब्य शिक्षा सदन यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् ।
अक्षरिकाले विद्या विकास स्कुललाई २–१ गोलले हराएको हो ।

अक्षरिकाका जेनिश तामाङले १ गोल गरे भने अर्को गोल आत्माघाती थियो । विद्या विकासका अरुण मगरले १ गोल फर्काए । अक्षरिकाका आयुश कार्की ‘म्यान अफ द म्याच’ चुनिए ।

त्यसैगरि, एकलब्यले गोल्डेन वडमाथि ५–० को सहज जित दर्ता ग¥यो । एकलब्यका प्रवेश खड्काले ह्याट्रिक गरे भने विशेष खड्का र निरज कोइरालाले समान १–१ गोल थपे । बिहीबारदेखि जारी प्रतिस्पर्धा पुष १ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  १० : ४५ बजे