Logo

Breaking News 1

एनएसएल : आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा



काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुने भएको छ ।

दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । ५ खेलमा तीनमा हार एकमा जित तथा एकमा बराबरी खेलेको इलाम तालिकाको आठौं स्थानमा छ ।

यस्तै, वीरगञ्जले ४ खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेको छ । वीरगञ्ज दुई अंकका साथ तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा झापा फुटबल क्लबले पहिलो जित निकालेको छ । झापाले बुटवल लुम्बिनीलाई १–० गोलले पराजित गर्यो ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : ३३ बजे