Logo

Breaking News 1

काठमाडौं महानगरमा आजदेखि सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको छ ।

महानगरको स्वास्थ्य विभागले १५ दिन अगाडि सूचना जारी गर्दै आजदेखि लागु हुने गरी महानगरपालिका क्षेत्रभित्र प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पानपरागसहितका सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाइने जनाएको थियो ।

कसैले अवज्ञा गरेर बिक्री वितरण गरेको पाइए महानगर प्रहरीमार्फत जफत गरी कानुनअनुसार अधिकतम सजाय गरिने महानगरको चेतावनी छ ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ७ : २४ बजे