Logo

धर्म / संस्कृति

आजको राशिफल २०८० मंसिर २७ गते



काठमाडाैं । आज मिति २०८० मंसिर २७ गते, बुधबार, १३ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष प्रतिपदा तिथि। ज्येष्ठा नक्षत्र, १२ः१० बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १२ः१० बजेपछि धनु।

मेष राशि
सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। पहिले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

बृष राशि
दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन राशि
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।

कर्कट राशि
दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

सिंह राशि
परिस्थितिवश अध्ययनमा समय दिन नसकिएला। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ।

कन्या राशि
दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने देखिन्छ।

तुला राशि
दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काम बन्नाले आयस्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्।

बृश्चिक राशि
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोली–व्यवहारले काम बनाउन सकिनेछ।

धनु राशि
दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

मकर राशि
सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। दिउँसोदेखि आर्थिक समस्याले अलि दुस्ख पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ।

कुम्भ राशि
विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मीन राशि
मध्याह्नदेखि स्थितिमा सुधार आउनुका साथै कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ५ : ५३ बजे