Logo

Breaking News 1

सूचना प्रविधि क्षेत्र सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेकी छन् ।

काठमाडौंमा मंगलबार आयोजित प्रविधिको पूर्वाधार विकासका लागि नेपाल–भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्वका साथ हेरेको बताइन् । 

उनले भनिन् ‘सूचना र प्रविधिको क्षेत्रलाई नेपाल सरकारले महत्वका साथ हेरेको छ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई आत्मसात गर्दै आएको छ । परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा विकास भएको छ ।’

दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि समेत डिजिटल प्रविधिको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको भन्दै उनले सरकारले नीति तथा कार्यक्रममै प्रविधि क्षेत्रको विकासमा जोड दिएको बताइन् ।

डिजिटल फ्रेमवर्कमार्फत शिक्षा, स्वास्थ्य, कृषि पर्यटन लगायतका क्षेत्रलाई डिजिटल बनाउदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने लक्ष्य रहेको उनले सुनाइन ।

डिजिटल पूर्वाधार निर्माण र सुरक्षित प्रयोगका लागि नीतिगत र कानूनी संरचना निर्माणका लागि सरकार गम्भीर भएर लागेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : २८ बजे