Logo

Breaking News 1

दोहोरो अंकले बढ्याे सेयर बजार



काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार ३६.८६ अंकले बढेर १९८५ को विन्दुमा कायम हुन पुगेको छ । अघिल्लो दिन सोमबार निक्कै नै उतारचढावका बीच सेयर बजारमा गिरावट आएको थियो ।

आज नेप्सेमा कारोबार भएको २९७ कम्पनीको १ करोड २४ करोड ६३ लाख १६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजारको कारोबार भएको छ । बजारमा बढोत्तरी आएसँगै सबै उपसूचकमा मात्र हरियाली छाएको छ ।

आज सेयर बजारमा बढोत्तरी आउँदा बोटलर्स नेपाल (बालाजु) सहित आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ४ : ०४ बजे